Rule 26
परीक्षकको नियुक्ति
(१) नियन्त्रकले प्रत्येक वर्ष प्रमाणीकरण गर्ने निकायको कार्य सम्पादन परीक्षण गर्नको लागि आवश्यकता अनुसार करारमा परीक्षक नियुक्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परीक्षकको पदमा नियुक्ति गर्दा देहायको योग्यता भएको व्यक्तिमध्येबाट गर्नु पर्नेछ ः-
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधि वा सो सरहको विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी कम्प्युटर सम्बन्धी कम्तीमा दश वर्षको अनुभव भएको व्यक्ति, वा
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वित्त वा वाणिज्य कानूनमा कम्तीमा स्नातक उपाधि हासिल गरी कम्प्युटर सम्बन्धी कम्तीमा दश वर्षको अनुभव भएको व्यक्ति ।